arrow

एमपिआइएको होलोग्राम नभएका मोबाइल सेट नक्कली तथा चोरीको हुनसक्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ५ आइतबार
Mobilee.jpg

काठमाडौं । मोबाइल फोन इम्पोर्टस एसोसिएसन (एमपिआइए)ले मोबाइल फोन खरिदकर्ताहरुलाई होलोग्राम अंकित फोनहरु मात्र किनबेच गर्न अनुरोध गर्दै होलोग्राम नभएका कम्पनीहरुको मोबाइल नक्कली तथा चोरीको हुनसक्ने चेतावनी दिएको छ ।

एमपिआइएले एक भिडियो सन्देश सार्वजनिक गर्दै एमपिआइए होलोग्राम नभएका कम्पनीहरुको मोबाइल नक्कली हुनसक्ने तथा त्यस्ता फोन बिक्री गर्नेहरुलाई पक्राउ समेत गरिने जनाइएको छ ।

एमपिआइएका होलोग्राम अंकित नभएका मोबाइल सेटहरु चोरीको वा नक्कली पनि हुनसक्ने भएकाले होलोग्राम स्टीकर नभएका सेटहरु खरिद विक्री नगर्न र भ्याट विल लिएर मात्र खरिद विक्री गर्न सन्देशमा भनिएको छ । 

सन्देशमा होलोग्राम स्टीकर भएको फोन मात्र किन्न र त्यस बाहेकका फोन किनबेच गरेमा प्रहरीले पक्राउ गर्ने पनि जनाइएको छ । नेपालमा पछिल्लो समय अबैधरुपमा आयातित फोनहरु नियन्त्रण गर्न दूरसंचार प्राधिकरणले एमडिएमएस प्रणाली अघि बढाउने तयारी गरिरहेका बेला एमपिआइएले बेग्लै जनचेतनामूलक सन्देश प्रवाह गरेको हो । 

मोबाइल फोन इम्पोर्टस एसोसिएसन (एमपिआइए) को मोबाइल फोन अवैध कारोबार अध्ययन, अनुसन्धान र सिफारिस उपसमितिका उपसंयोजक कैलाश प्रधानका अनुसार आम उपभोक्तालाई सुचित गराउने उदेश्यले सन्देशमुलक विज्ञापन जारी गरिएको जानकारी दिए ।

‘सरकारले आफ्नो तरिकाले काम गरिरहेको छ, हामीले पनि हाम्रो जिम्मेवारी निर्वाह गर्दै सन्देशमूलक जानकारी सार्वजनिक गरेका हौं’ उनले भने । होलोग्राम एमपिआइएका सदस्य र गैरसदस्यहरुलाई पनि उपलब्ध गराइने प्रधानले जानकारी दिए । एमपिआइएमा हाल करिब १५ कम्पनीहरु सदस्य छन् । साथै ति कम्पनीहरुले नेपालको करिब ८० प्रतिशत मोबाइल ब्राण्डको प्रतिनिधित्व गर्ने गरेको पाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ