arrow

पिडिएफ, फोटोसप बनाउने एडोबका संस्थापक गेस्चेको निधन

logo
एपी,
प्रकाशित २०७८ वैशाख ५ आइतबार
Charles-Geschke-adobe.jpg

लस एन्जलस ।  सफ्टवेयर कम्पनी एडोबका संस्थापक चाल्र्स चक गेस्चेको ८१ वर्षको उमेरमा निधन भएको छ ।  पोर्टबल डकुमेन्ट फर्माट (पिडिएफ) का निर्माता समेत रहेका गेस्चेको शुक्रवार निधन भएको कम्पनीले जनाएको छ । उनी सान फ्रान्सिस्कोमा बस्दै आएका थिए ।  

एडोबका प्रमुख कार्यकारी शान्तनु नारायनले कम्पनीका कर्मचारीलाई लेखेको इमेलमा कम्पनीका हिरोका रूपमा परिचित गेस्चेको निधनले एडोब परिवारमा गहिरो चोट पुगेको उल्लेख छ ।

गेस्चेको निर्देशनमा एडोबले विश्व प्रसिद्ध सफ्टवेयरहरू पिडिएफ, एक्रोब्याट, इलस्ट्रेटर, प्रिमियर प्रो र फोटोसप बनाइसकेको छ । यी सफ्टवेयर निकै लोकप्रिय छन् ।

सन् २००९ मा राष्ट्रपति बाराक ओबामाले गेस्चेलाई प्रविधि क्षेत्रको राष्ट्रिय पदकले सम्मानित गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ