- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । महात्मा गौतम बुद्ध एक गाउँमा पुगे। त्यहाँ उनलाई एक महिलाले सोधिन्, 'तपाई त कुनै राजकुमार जस्तो देखिनुहुन्छ, आफ्नो युवावस्थामा गेरु वस्त्र किन धारण गर्नुभएको ?'
बुद्धले उत्तर दिए, 'मेले तीन प्रश्नको उत्तर खोज्नको लागि संन्यास लिएको हुँ । हाम्रो शरीर युवा तथा आकर्षक छ , तर यो वृद्ध हुनेछ , फेरी रोगी हुनेछ र अन्त्यमा यो मृत्युलाई प्राप्त गर्नेछ । मलाई वृद्धावस्था, रोगी र मृत्युको ज्ञान प्राप्त गर्नु छ ।'
बुद्धको कुरा सुनेर महिला प्रभावित भइन् र उनले बुद्धलाई भोजनका लागि आमन्त्रित गरिन् । जसै यो कुरा गाउँका मानिसहरूमा पुग्यो सबैले बुद्धसँग ती महिला कहाँ नजान भने , उनीहरूले महिला चरित्रहीन रहेको बताए ।
बुद्धले गाउँका मुखियालाई सोधे, 'के यो कुरा सही हो ?' मुखियाले पनि गाउँका मानिसहरूको कुरामा सहमति जनाए ।
तब बुद्धले मुखियाको एक हात समातेर भने, 'अब ताली बजाएर देखाउनुहोस् ।' मुखियाले भने' 'यो कसरी सम्भव छ , एक हातले ताली बजाउन सकिँदैन ।'
बुद्धले भने, 'ठिक यसै प्रकार कुनै महिला एक्लै चरित्रहीन हुन सक्दिन । यदि यस गाउँका पुरुष चरित्रहीन थिएनन् भने ती महिला पनि चरित्रहीन हुने थिइनन् । यदि गाउँका सबै पुरुष असल हुन्थे भने ती महिला यस्ती हुने थिइनन् यसैले उनको चरित्रको लागि यहाँका पुरुष जिम्मेदार हुन् ।'
बुद्धको कुरा सुनेर त्यहाँ उपस्थित सबै मानिस लज्जित भए। बुद्ध सभाबाट महिलाको घरमा भोजनका लागि निस्किए ।
यस कथाको सार हामीले अरूको चरित्रका बारेमा बोल्नु अघि आफ्नो चरित्र पनि हेर्नुपर्नेछ । हरेक व्यक्तिमा केही न केही कमी कमजोरी अवश्य छ । यसैले अरूको गल्तीहरू माथि ध्यान दिनु भन्दा स्वयंको कमजोरीलाई सुधार्नु पर्छ ।