- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले एकलौटी ढंगले प्रतिनिधि सभाको सातौं चालु अधिवेशनलाई अप्रत्याशित र हठात ढंगले अन्त्य गरेकोप्रति नेपाली कांग्रेस संसदीय दलले आपत्ति प्रकट गरेको छ ।
संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँणले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै संसदीय अभ्यास र परम्परा विपरित सरकारले संसदको सामना गर्न नसकेर अस्वभाविक ढंगले प्रतिनिधि सभाको चालु अधिवेशनलाई अन्त्य गरेकोमा विरोध जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधि सभालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले पुनस्र्थापित गरी संसद चलिरहेको अवस्थामा संसदका पदाधिकारी र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग कुनै परामर्श एवं सुझाव नलिई एकलौटी ढंगले चालु अधिवेशनलाई अप्रत्याशित र हठात ढंगले अन्त्य गरेकोप्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ ।’
संसदमा महत्वपूर्ण विधेयकहरु पास भई कानूनहरु बनाउनु पर्ने, जनसरोकारका महत्वपूर्ण विषयहरुलाई सम्बोधन गरी जनतालाई भरोषा र विश्वास दिलाउनु पर्नेमा अधिवेशन अन्त्य गरिएको कांग्रेसले जनाएको छ ।