arrow

दिल्लीको अर्को सफलता, मुम्बई निरीह 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ८ बुधबार
ipl-delhi-1618970844.JPG

काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्सले अर्को सफलता हासिल गरेको छ । जारी १४ औं संस्करणमा तेस्रो जित निकाल्ने क्रममा चेन्नईमा मंगलबार राति मुम्बई इन्डियन्सलाई हरायो । डिफेन्डिङ रनर अप दिल्लीले डिफेन्डिङ च्याम्पियन मुम्बईलाई ६ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १३८ रनको सामान्य लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ४५ रन बनाए । स्टिभन स्मिथले ३३ तथा ललित यादवले नटआउट २२ रन बनाए । 

मुम्बईका जस्प्रित बुम्राह, जयन्त यादव, राहुल चाहर र केइरन पोलार्डले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो ।

कप्तान रोहित शर्माले सर्वाधिक ४४ रन बनाए । इशान किशनले २६ रन जोड्दा सूर्यकुमार यादवले २४ रन बनाए । जयन्त यादवले २३ रन बनाए ।

दिल्लीका अमित मिश्राले ४, आभेस खानले २ विकेट लिए ।

अंक तालिका
जितसँगै दिल्ली ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानको रोयल च्यालेन्जर्स बैंगलोरको ३ खेलबाट ६ अंक छ । 

चेन्नई सुपर किंग्स ३ खेलबाट ४ अंकसहित तेस्रो तथा पराजित मुम्बई ४ खेलबाट ४ अंकसहित चौथो स्थानमा झरेको छ । 

कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र पंजाब किंग्स ३ खेलबाट २ अंकसहित क्रमशः पाँचौं, छैटौं र सातौं स्थानमा छन् । सनराइजर्स हैदराबाद अंकविहीन हुँदै पुछारमा छ । 

बुधबारको खेल 
बुधबार दुई खेल हुनेछन् । ३ः४५ बजे पंजाब र हैदराबाद तथा ७ः४५ बजे कोलकाता र चेन्नई खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ