arrow

टी–२० सिरिजमा नेदरल्यान्ड्स र मलेसिया भिड्दै, वर्षा भिलेन बन्ने सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ८ बुधबार
trinations-t20-series-2021-.jpg

काठमाडौं । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल टियु क्रिकेट मैदानमा १२ः१५ बजे शुरु हुनेछ । काठमाडौंको मौसम बिग्रिएकाले वर्षाले खेलमा भिलेन खेल्न सक्ने अनुमान गरिएको छ । 

शुक्रबारसम्म नै मौसममा गडबडी, देशैभर वर्षा, काठमाडौंमा घट्यो तापक्रम

यो खेलमा जिन निकालेर नेदरल्यान्ड्स फाइनल पुग्ने लक्ष्यमा रहेको छ । मलेसियालाई हराएमा नेदरल्यान्ड्सले फाइनलमा स्थान बनाउने छ । मलेसिया भने पहिलो जितको खोजीमा छ ।

मलेसिया पनि नेदरल्यान्ड्सलाई हराएर फाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ । मलेसियालाई फाइनल पुग्न अब बाँकी रहेको दुई खेल जित्नै पर्ने दबाब रहेको छ ।

पहिलो भेटमा नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले हराएको थियो । 

नेदरल्यान्ड्ससँगको खेल गुमाएमा मलेसिया बाहिरिने छ । मलेसिया बाहिरिँदा नेदरल्यान्ड्स र नेपाल भने फाइनल पुग्नेछन् ।

वर्षा भएर खेल पूरा नभएमा दुवै टिमले १–१ अंक बाँड्ने छन् । खेल बराबरी हुँदा पनि नेदरल्यान्ड्स र नेपाल फाइनलमा पुग्नेछन् । 

राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि शनिबार खेल्नेछ ।

अंक तालिका 
नेपाल ३ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

३ खेलमा ४ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ । 

दुवै खेलमा अंक जोड्न नसकेको मलेसिया पुछारमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ