arrow

चेन्नई शीर्ष स्थानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
ipl-chennai.JPG

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चेन्नई सुपर किङ्स शीर्ष स्थानमा पुगेको छ । बुधबार रातिको खेलमा तेस्रो जित निकाल्ने क्रममा चेन्नईले कोलकाता नाइट राईडर्सलाई १८ रनले पराजित गर्यो । 

मुम्बईमा भएको खेलमा चेन्नईले दिएको २२१ रनको विजयी लक्ष्य सहित ब्याटिङ गरेको कोलकाता १९.१ ओभरमा अलआउट हुँदै २०२ रनमा समेटियो ।

पाट कुमिन्सले ३४ बलमा नटआउट ६६, आन्द्रे रशेलले २२ बलमा ५४ तथा दिनेश कार्तिकले २४ बलमा ४० रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

चेन्नईका दिपक चाहरले ४ विकेट लिए । लुंगी एनजिडीले ३ तथा साम कुरानले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेटको नोक्सानीमा २२० रन बनाएको थियो ।

चेन्नईका लागि फाप डु प्लेसिसले ६० बलमा नटआउट रहँदै ९५ रन बनाए । यस्तै रुतुराज गायकवाडले ४२ बलमा ६४ रन बनाए । 

यसअघि बुधबार भएको अर्को खेलमा सनराइजर्स हैदराबादले लगातार ३ हारपछि जित निकाल्ने क्रममा पंजाब किङ्सलाई ९ विकेटले पराजित गर्यो । पंजाबले १२० रन बनाएकामा हैदराबादले १८.४ ओभरमा १ विकेटको नोक्सानीमा जित निकाल्यो । 

अंक तालिका
जितसँगै चेन्नई लिगको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नईको ४ खेलमा ६ अंक छ । ३ खेलबाट ६ अंकको रोयल च्यालेन्जर्स बैंगलोर दोस्रो तथा ४ खेलबाट ६ अंकको दिल्ली क्यापिटल्स तेस्रो स्थानमा छ । 

४ खेलबाट ४ अंकको डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स चौथो स्थानमा छ । बाँकी सबै टिमको २–२ अंक छ । 

बिहीबारको खेल
बिहीबार बैंगलोर र राजस्थान रोयल्स खेल्दैछन् । सतप्रतिशत खेलिरहेको बैंगलोर जितसहित शीर्ष स्थानमा पुग्न चाहन्छ भने राजस्थान पाँचौं स्थानमा रहन चाहन्छ । 

मुम्बईको मैदानमा खेल ७ः४५ बजे शुरु हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ