arrow

कोरोना नियन्त्रणमा लाग्नुपर्ने बेला सरकार शिलान्याशमा केन्द्रित छ : नेता सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
prakashman-1619079131.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमण नियन्त्रणमा सरकार उदासिन भएको बताएका छन् । विहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै नेता सिंहले कोरोना संक्रमणले देशमा भयावह स्थीति आउन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नु पर्ने बताएका हुन् ।

सरकार कोरोना नियन्त्रणमा लाग्नुपर्ने बेला अनावश्यक रुपमा शिलान्यास कार्यक्रम गरि जनतामा भ्रम सिर्जना गरेको उनको आरोप थियो । उनले कोरोनाका कारणले कोही नेपालीले दुख भोग्नुपर्ने अवस्था आउन नदिन सरकारलाई आग्रह समेत गरे । सरकार नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्न भन्दा पनि आफ्नो सत्ता जोगाउन लागिपरेको नेता सिंहको भनाइ छ ।

देशमा भएका अस्पतालहरुको क्षमता बढाउदै लग्नुपर्ने भन्दै उनले भने, ‘दोस्रो चरणको कोरोना भाइरस नेपालमा भित्रिसकेको छ । रोकथामका लागी तत्काल सरकारले प्रभावकारी कदम चालोस् ।’

राजधानी काठमाडौंका अस्पतालहरुमा भएका अक्सिजन प्लान्टहरु समेत संचालन हुन नसकेको समाचार सुन्दा अचम्म लागेको भन्दै तत्कालै जनस्वास्थ्यका बिषयमा ठोस कदम चाल्न समेत सरकारलाई उनले आग्रह गरे ।

साथै कार्यक्रममा नेता सिंहमार्फत इसान प्रसाई स्मृति समाजले अटिजम भएका बालबालिकालाई नगद रु एक लाख एघार हजार रुपैंयाँ सहयोग गरेको थियो ।
 



नयाँ