arrow

मोरङमा चट्याङ लागेर महिलाको मृत्यु

logo
विवेक मिश्र,
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
lighting-thundering.jpg

मोरङ । मोरङको कानेपोखरीमा चट्याङले  लागेर बिहिवार  एक महिलाको मृत्यु भएको छ ।

कानेपोखरी २ नम्बर वडा स्थित दलेलीकी ४३ वर्षीया सुकवती राजवंशीको चट्याङले लागेर मृत्यु भएको  इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रवार बिहान साढे ८ बजे घर नजिकै  बाधेका गाईगोरू सार्न जाने क्रममा चट्याङले लागेर गम्भीर घाइते भएकी थिइन ।

घाइते राजवंशीको उपचारको लागि उर्लाबारी स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगेकोमा अस्पताल पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ