arrow

एनसेलले काठमाडौँको मुटुमा खेल मैदान सहितको हरित उद्यान निर्माण गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
ncell-csr.jpg

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाडौँको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्दै छ। यस आयोजना अन्तर्गत निर्माण हुने खेल मैदान सहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्‍याउने उद्देश्य लिएको कम्पनीले जनाएको छ।

यो हरित उद्यान काठमाडौँ महानगरपालिका वडा नं. २६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ। उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिम खाना र बालबालिकाका लागि खेल्ने स्थान लगायतका विशेषताहरू रहने छन्। यो उद्यान ५४,९२१ वर्ग फिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमा बन्ने छ।

एनसेल र काठमाडौँ महानगरपालिका वडा नं. २६ ले एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत यो हरित उद्यान निर्माण तथा संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ। समझदारी अनुसार, एनसेलले काठमाडौँ महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइन अनुसार लैनचौर हरित उद्यान निर्माणको कार्य गरिरहेको छ।

ग्राउन्ड क्लेरेन्सको कार्य सम्पन्न गरी हाल उद्यान निर्माणका लागि मैदान उत्खननको कार्य भइरहेको छ। परम्परागत ढुङ्गे धारा, उद्यानमा आउने मानिसहरूका लागि पार्किङ, शौचालय सुविधा र सोलार बत्तीको व्यवस्था यस उद्यानका केही थप विशेषताहरू हुन्।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस सामाजिक पहलका बारेमा उत्साह व्यक्त गर्दै भने, “सामाजिक आर्थिक विकासमा योगदान पुर्‍याउँदै तथा वातावरण क्षेत्रलाई प्राथमिकतामा राख्दै हामीले हाम्रो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएका छौँ। यो पहलले समुदायमा स्वस्थ वातावरण निर्माण गर्दै वातावरण र पर्यावरण सम्बन्धी लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउने छ। सरकारसँग सहकार्य गर्दै काठमाडौँको मुटुमा उदाहरणीय हरित उद्यान निर्माणका लागि योगदान पुर्‍याउन पाएकोमा हामी खुसी छौँ।”

“यस सहकार्यका लागि हामी एनसेल प्रति आभारी छौँ। यस योजनाको सफल कार्यान्वयनका लागि आवश्यक पर्ने कुनै पनि सहयोग चाहिएमा हामी प्रदान गर्नेछौँ। यो हाम्रो समुदाय र वडाको एउटा ठुलो सम्पत्ति हुने छ र साथै यसले स्वस्थ हराभरा सहर निर्माणमा योगदान दिनेछ,” काठमाडौँ महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष ख्याम तिवारीले भने।

एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा एनसेलले दिगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गतका शिक्षा र स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) लाई प्राथमिकतामा राख्दै सामाजिक कार्यहरू गर्दै आएको छ। औद्योगिक व्यवसाय नियमावली २०७६ ले पनि व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रूपमा राखेको छ।

एनसेलले विभिन्न सामाजिक पहल अन्तर्गत आफ्नो स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोग लगायतका विभिन्न क्षेत्रमा रु १.२७ अर्ब भन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासको लागि सहयोग पुर्‍याएको छ। स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्र एनसेलको प्राथमिकतामा रहेको छ।

वातावरण क्षेत्र अन्तर्गत, एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वर देखि कलङ्की सडक खण्डको ग्रिन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्ने काम पनि गर्दै आएको छ। झन्डै १०.२ किलोमिटर दुरी रहेको यस सडक खण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्य लिएको छ।

यस अघि एनसेलले धनुषा धाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५०,००० बोटबिरुवा वृक्षारोपण गरेको थियो र यसका साथै धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवर्द्धन सम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरेको थियो। यस पहलको सफल कार्यान्वयन पछि सरकारले धनुषा धाम संरक्षित वनलाई ‘खुल्ला चरिचरन तथा अनियमित कटान मुक्त क्षेत्र’ पनि घोषणा गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ