arrow

नेपाली कांग्रेस बर्दियाको कार्यसमितिले दियो सामुहिक राजीनामा

logo
हरि गुरुङ,
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
nepali-congress-flag.jpg

बर्दिया ।  नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाले संयुक्त रूपमा राजीनामा दिएको छ। पार्टी कार्यालयमा तालाबन्दी गरी बाहिर गुन्डाहरू परिचालन गरेकाले आफूहरू काम गर्न नसक्ने भन्दै कार्यसमितिले राजीनामा दिएको हो ।

कांग्रेसको १४ औँ महाधिवेशन  सम्पन्न गर्ने महत्त्वपूर्ण समयमा पाटीका नेताहरू माथि अराजक गुन्डाहरू ल्याई हातपात तथा मान सम्मानमा गम्भीर आँच आउने कार्य गरेको हुँदा अराजकता पार्टीमा रहेसम्म काम गर्न सक्ने अवस्था रहेको कार्यसमितिले जनाएको छ ।

'पार्टीको काममा कार्यवाहक सभापति मिश्रीलाल यादव, महासमिति सदस्य विद्या प्रसाद खनाल पार्टी सचिव जीवन मल्ल, जि.का.स. सदस्य मेघ बहादुर गुरुङ लगायतका व्यक्तिहरू अहोरात्र खटिएको अवस्थामा क्षेत्रीय सभापति मुक्तिनाथ यादव, पूर्व सचिव तेज बहादुर भाट लगायतका व्यक्तिहरूले अराजक जत्था ल्याई पार्टी कार्यालयको सचिवालय कक्षमा गई पार्टीको नवीकरण गर्ने कार्य तीव्र गतिमा भइरहेको अवस्थामा पार्टीका नेताहरू माई लछार पछार गरी पार्टी कार्यालय बाहिर ल्याइ पार्टी कार्यालयमा तालाबन्दी गर्ने जस्तो घृणित, अनुशासनहीन कार्य गरेको हुँदा यस्ता अनुशासनहीन कार्यलाई निरुत्साहित गर्न निजहरूलाई पार्टी अनुशासनको कारबाही गर्न अनुरोध गर्दछौँ ' राजीनामा पत्रमा उल्लेख छ ।

 

No description available.

No description available.

No description available.

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ