arrow

शाहरुख खानको कोलकाता पुछारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १२ आइतबार
ipl-kolkatta-rajasthan.JPG

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा बलिउड अभिनेता शाहरुख खान मालिक रहेको कोलकाता नाइट राइडर्सले खराव प्रदर्शन गरेको छ । पाँचौं चरणको खेल चलिहरँदा कोलकाता मात्र २ अंकका साथ पुछारमा छ । 

पाँचौं खेलमा शनिबार राति कोलकाता राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भएको छ । शनिबार पुछारमा रहेका दुई टिम बीचको खेलमा राजस्थानले जित निकालेको हो ।

१३४ रनको सामान्य लक्ष्य राजस्थानले ४ विकेटको नोक्सानीमा ७ बल खेल्न बाँकी छँदै पूरा गर्यो । राजस्थानको जितमा कप्तान सन्जु सामसनले ४१ बलमा नटआउट ४२ रन बनाए । डेभिड मिलरले २३ बलमा नटआउट २४ रन बनाए । 

कोलकाताका वरुण चक्रवर्तीले २ तथा शिवम माभी र प्रशिद्ध कृष्णले समान १–१ विकेट लिए ।

यसअघि हस हारेर ब्याटिङ्गमा उत्रिएको कोलकाताले ९ विकेटको नोक्सानीमा १३३ रन बनाएको थियो । राहुल त्रिपाठीले सर्वाधिक २६ बलमा ३६ रन बनाए । दिनेश कात्तिक २५ रनमा आउट भए । 

राजस्थानका क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिए । 

अंक तालिका
यो खेलपछि कोलकाता ५ खेलबाट २ अंकसहित पुछारमा हुँदा राजस्थानले स्थान सुधार गरेको छ । राजस्थान ५ खेलबाट ४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

रोयल च्यालेन्जर्स बैंगलोर अपराजित रहँदै ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । चेन्नई सुपर किंग्स ४ खेलबाट ६ अंकसहित दोस्रो तथा दिल्ली क्यापिटल्स ४ खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ । 

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स ५ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ । 



नयाँ