arrow

युट्युबमा होम पेज नखुल्ने समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १३ सोमबार
YouTube_logo.jpg

काठमाडौँ । युट्युबमा होम पेजमा भिडियो नदेखिने समस्या देखिएको छ । अचानक देखिएको यो समस्याले युट्युब खोल्ने बित्तिकै देखिने भिडियोहरु देखिइरहेका छैनन् ।

ट्रेंडिंग भिडियो या अन्य विकल्पबाट भिडियो हेर्न सकिन्छ । कतिपय प्रयोगकर्ताले सर्भर ४२९ को समस्या भन्दै युट्युबको होम पेजमा देखिएको जानकारी मुलुक सन्देश सहितको फोटो ट्विटरमा राख्दै समस्या भोगिरहेको जनाएका छन् ।

यो समस्या नेपाललगायतका धेरै जसो देशमा देखिएको छ । युट्युबमा प्रतिमिनेट ३ सय घण्टाको भिडियोहरू अपलोड हुने गर्छन् भने दसौँ करोड मिनेट भ्युज हुने गर्छ । यो समाचार लेखिसक्दा हामीले प्रयोग गरेको ब्राउजरबाट भने समस्या समाधान भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ