arrow

दिल्ली शीर्ष स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
ipl-delhi-1620010209.jpg

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा पुग्न सफल भएको छ । आइतबार राति अहमदाबादमा भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा पुग्न सफल भएको हो । 

पन्जाबले दिएको १६७ रनको विजयी लक्ष्य दिल्लीले १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा शिखर धवनले ४७ बलमा नटआउट रहँदै ६९ रन बनाए ।

यस्तै पृथ्वी शाले २२ बलमा ३९ रन जोड्दा स्टिभ स्मिथले २५ रन बनाए । पन्जाबका क्रिस जोर्डन, रिली मिरिदिथ र हरप्रित ब्रारले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ६ विकेटको नोक्सानीमा १६६ रन बनाएको थियो । पन्जाबका लागि कप्तान मायांक अग्रवालले नटआउट रहँदै ९९ रन बनाए । 

उनले ५८ बलको सामना गर्दै ४ छक्का र ८ चौकाको मद्धतले उक्त योगफल जोडेका हुन् । 

त्यस्तै डाविड मालनले २६ रन जोड्दा आक्रामक ब्याट्सम्यान क्रिस गेलले ९ बलमा मात्र १३ रन बनाए । 

दिल्लीका कागिसो राबडाले ३ विकेट लिए ।

राजस्थान भर्सेस हैदराबाद 
आइतबार दिल्लीमा भएको पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ५५ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको राजस्थानले ३ विकेटको नोक्सानीमा २२० रन बनायो ।

जोस बटलरले ६४ बलमा शानदार खेल्दै १२४ रन बनाए । उनी जारी आईपीएलमा शतक बनाउने तेस्रो खेलाडी हुन् । 

त्यस्तै कप्तान सन्जु सामसनले ३३ बलमा ४८ रन बनाए । 

जवाफमा हैदराबादले ८ विकेटको नोक्सानीमा १६५ रन बनायो । मनिश पाण्डेले ३१ तथा जोनी बेयरस्ट्रले ३० रन बनाए । मुस्तफिजुर रहमान र क्रिस मोरिसले ३–३ विकेट लिए । 

अंक तालिका 
आइतबारका खेलपछि दिल्ली ८ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा पुगेको छ । ७–७ खेलबाट १० अंकसहित चेन्नई सुपरर किंग्स दोस्रो तथा रोयल च्यालेन्जर्स बैंगलोर तेस्रो स्थानमा रहेको छ । 

८ अंकबाट मुम्बई इन्डियन्स चौथो, ६–६ अंकबाट राजस्थान पाँचौं र पन्जाब छैटौं स्थानमा छ । कोलकाता नाइट राइडर्स ४ अंकबाट सातौं तथा हैदराबाद २ अंकबाट पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ