arrow

पहाडी जिल्ला पाल्पा कोरोनाको उच्च जोखिममा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
tansen-palpa.jpg
तस्बिर : फाइल

पाल्पा। पहाडी जिल्ला पाल्पा कोरोना सङ्क्रमणको उच्च जोखिममा परेको छ। पछिल्लो १२ घण्टामा जिल्लामा २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या तीव्र रूपमा फैलँदै छ।

नेपाल सरकारले तोकेको १७ जिल्ला उच्च जोखिमको रेकर्डबाटै पाल्पा पनि जोखिममा परेको थियो। अहिले उच्च जोखिमका अरू जिल्ला पनि थपिएका छन्। उच्च जोखिम जिल्लाको रूपमा सरकारले पाल्पालाई लिँदै आएको छ।

सोही अनुसार विगत ४ दिन यता जिल्लामा निषेधाज्ञा जारी छ। जिल्लामा सङ्क्रमितको सङ्ख्या र मृत्यु हुनेको सङ्ख्या बढ्दै जाँदा त्रास बढेको छ भने निषेधाज्ञा जारी भए पनि बजार भन्दा बाहिरका भित्री सडकमा मोटरसाइकलहरू चलिरहेका छन्। मानिसको आवतजावतले सङ्क्रमण अझ फैलने डर छ।

कोरोनाको कारण सोमबार बिहान निधन हुनेमा रामपुर नगरपालिका १० गेझाका ५७ वर्षका पुरुष छन्। उनी मिसन अस्पताल तानसेनमा उपचार गराएर आइतबार मात्र घर फर्केका स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

आइतबार बेलुकी सवा ४ बजे रम्भा ३ पिपलडाडाका ७८ वर्षीय पुरुषको मिसन अस्पताल मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। तानसेनको मिसन अस्पतालमा दुवैले उपचार गराएका थिए। जिल्लामा हालसम्म २ हजार ४ सय ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

अहिलेसम्म अस्पताल, होम आइसोलेसनमा गरी ४ सय ३६ जना सक्रिय सङ्क्रमितहरू रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए।

आइतबार २४ जनामा देखिएको कोरोनाको यो तथ्याङ्क चेकजाँचको ७५ प्रतिशत भन्दा बढी हो। कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या जिल्लामा ४२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ