arrow

उपचारका क्रममा कम्युनिष्ट नेताको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
ncp-flag.jpg

हेटौंडा । मकवानपुरका पुराना वामपन्थी नेता तथा यातायातविज्ञ श्रीधर शर्माको निधन भएको छ । उनको आज उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको नेपाल कम्युनिष्ट पार्टी(एमाले) मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए।  शिक्षक सङ्गठनका संस्थापकमध्ये एक शर्मा लामो समयदेखि रक्तअर्बुदरोगले ग्रसित थिए । 

 एमाले नेता अनन्त पौडेल नेता शर्माको निधनले नेपाली कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुगेको बताउछन् । “शर्मा शिक्षक आन्दोलन, तत्कालीन नेकपा मालेको खुला मोर्चाका नेता तथा नेकपा मालेका भूमिगत नेताहरुलाई आश्रय दिने हेटौंँडाका मुख्य आश्रयदाता हुनुहुन्थ्यो ।  नेकपा (एमाले)का नेता, नेपालको यातायात क्षेत्रका विज्ञ आदरणीय श्रीधर शर्माको दुःखद् निधनको खबरले स्तब्ध भएको छु”, उनले भने,  “आफ्नो अनुभव र ज्ञान सधैँ अरुलाई हस्तान्तरण गरिरहने त्यो विलक्षण प्रतिभा आज अस्ताएको छ । नेकपा (एमाले)लाई अपूरणीय क्षति भएको छ ।” 

राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले नेता शर्माको निधनले आफूहरुलाई मर्माहत बनाएको बताए। स्व शर्माका आमा, दुई श्रीमती, दुई छोरा र दुई छोरी छन्। शर्माको पार्थिव शरीर अन्तिम संस्कारका लागि सोमवार राति हेटौंडा ल्याइने  पारीवारिक स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ