arrow

भारतको सहयोगमा जुम्लामा जलविद्युत प्लान्टको उदघाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
Jumla-india.jpg

काठमाडौं । भारत सरकारको सहयोगमा जुम्लाको चन्दननाथ नगरपालिकामा हालै पुनस्र्थापना गरिएको साना जलविद्युत प्लान्टको उदघाटन गरिएको छ ।

भारत सरकारको २ करोड ६३ लाख आर्थिक सहयोगमा निर्माण हुने जलविद्युत प्लान्टको बुधबार भर्चुअल माध्यमबाट उदघाटन गरिएको हो ।

भारतीय राजदूतावासका प्रथम सचिव (विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग) करुण वंशल, जिल्ला समन्वय समिति, जुम्ला तथा नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिको सहभागितामा उद्घाटन गरिएको हो ।

२०० किलोवाट विद्युत उत्पादन क्षमता भएको यस जलविद्युत प्लान्टको निर्माण नेपाल विद्युत प्राधिकरणले सन् १९८३ मा गरेको हो ।

प्राकृतिक विपदका कारण उक्त प्लान्टमा क्षति पुगेको थियो । उपभोक्ता समिति, स्थानीय बासिन्दा र जिल्ला समन्वय समिति, जुम्लाको विशेष अनुरोधमा उक्त पावर प्लान्टको पुनस्र्थापनाका लागि भारत सरकारले आर्थिक सहयोग गरेको हो ।

नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदानमा जलाशय ट्याङ्कीको निर्माण र जलविद्युत प्लान्टको पुनस्र्थापना गरिएको हो ।

उक्त प्लान्टबाट चन्दननाथ नगरपालिकाका करिब २० हजार मानिसहरु लाभान्वित हुनेछन् । भारतले नेपालमा ४५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सम्पन्न गरिसकेको छ ।

जसमध्ये जुम्ला जिल्लाका २ वटा परियोजना सहित १० वटा परियोजनाहरु प्रदेश नं ६ मा रहेका छन् । भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित प्रदेश नं ६ का ४ वटा परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका छन् ।

त्यस्तै भारतीय राजदूतावासले जुम्ला जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा गैरसरकारी संस्थालाई ५ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ । परियोजनाले प्राविधिको पहुँच पूर्णरुपमा स्थापित भइनसकेको त्यस क्षेत्रको अर्थव्यवस्थालाई सुदृढ बनाउनुका साथै रोजगारीको सिर्जना गरी त्यस क्षेत्रका मानिसहरुको जीवनस्तर उकास्न सहयोगी भूमिका खेल्ने अनुमान गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ