arrow

कांग्रेसको पहलमा डोटीका स्वास्थ्य संस्थामा अक्सिजन कन्टेनर सहितका स्वास्थ सामग्री वितरण  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १७ बिहिबार
health-samagri-help.jpg

डोटी । नेपाली कांग्रेसको पहलमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि डोटीका स्वास्थ संस्थाहरुमा स्वास्थ्य सामग्री वितरण गरिएको छ । बोधिसत्व बिहार काठमाडौंको सहयोगमा स्वास्थ्य सामग्री वितरण गरिएको हो । जिल्लाका सानागाउँ, लडागडा, मौवा नगरदह सायल, तिखा र खातिवडा स्वास्थ चौकीमा स्वास्थ सामग्री वितरण गरिएको हो । 

सानागाउँ स्वास्थ्य चौकीमा अक्सिजन कन्टेनर १ थान, पीपीई ३ थान, केएन ९५ मास्क , सर्जिकल मास्क  ५ सय थान, टप ग्लोव ५ थान, फेससिल्ड १५, हेण्डवास , मेडिसिन एक कार्टुन , अक्सपल्स मिटर, सेनिटाइजर लगायत स्वास्थ सामग्री उपलब्ध भएको स्वास्थ प्रमुख खडक बिक बताए । 

त्यस्तै लडागडा स्वास्थ्य चौकीमा अक्सिजन कन्टेनर १ थान, पीपीई ३ थान, केएन ९५ मास्क , सर्जिकल मास्क  एक हजार  थान, टप ग्लोव ५ थान, फेसशिल्ड १५, हेण्डवास , सेनिटाइजर १० लिटर, अक्सपल्स मिटर, मेडिसिन एक कार्टुन लगायतका स्वास्थ्य सामग्री  प्राप्त गरेको  स्वास्थ्य चौकी प्रमुख ललिता शर्मा बताइन् । 

मौवानगर दहमा स्वास्थ्य चौकीमा अक्सिजन  कन्टेनर १ थान, हस्पिटल बेड दुई, पीपीई १० थान, केएन ९५ मास्क, सर्जिकल मास्क एक हजार थान, टप ग्लोब ५ थान, फेसशिल्ड १५, हेण्डवास १० लिटर , मेडिसिन एक कार्टुन, फेनाइल २० लिटर, सेनिटाइजर १५ लिटर, अक्सपल्स मिटर,  हर्पिक १० लिटर लगायत स्वास्थ्य सामग्री उपलब्ध भएको स्वास्थ्य प्रमुख बमबहादुर खड्काले बताए । 

उनले स्वास्थ्य सामग्री अभाव भएको समयमा स्वास्थ्य सामग्री संस्थामा पाउँदा खुशी ब्यक्त गरे । आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरे । त्यस्तै सायल स्वास्थ्यचौकीमा अक्सिजन  कन्टेनर १ थान, हस्पिटल बेड दुई, पीपीई १० थान,  अक्सपल्स मिटर, केएन ९५ मास्क, सर्जिकल मास्क एक हजार थान, टप ग्लोव ५ थान, फेसशिल्ड १५, हेण्डवास १० लिटर , मेडिसिन एक कार्टुन , फेनाइल १५ लिटर, हर्पिक २० लिटर, सेनिटाइजर २० लिटर लगायत स्वास्थ्य सामग्री डा. प्रफुल यादवलाई हस्तान्तरण गरिएको कांग्रेस नेता धर्मराज जोशीले बताए । 

त्यस्तै तिखा स्वास्थ्य चौकीमा अक्सिजन कन्टेनर १ थान, पीपीई ५ थान, केएन ९५ मास्क, सर्जिकल मास्क दुई  हजार थान, टप ग्लोव ५ थान, फेसशिल्ड, हेण्डवास, अक्सपल्स मिटर, मेडिसिन एक कार्टुन , सेनिटाइजर लगायत स्वास्थ्य सामग्री स्वास्थ प्रमुख तेज खड्कालाई हस्तान्तरण  गरिएको कांग्रैसका क्षेत्रीय सभापति विजय खड्काले बताए । 

त्यस्तै खातीवडा स्वास्थ्य चौकीमा अक्सिजन कन्टेनर १ थान, पीपीई ३ थान, केएन ९५ मास्क, सर्जिकल मास्क ५ सय थान, टप ग्लोव ५ थान, फेसशिल्ड १५, हेण्डवास, सेनिटाइजर, अक्सपल्स मिटर, मेडिसिन एक कार्टुन लगायतका स्वास्थ्य सामग्री स्वास्थ चौकी प्रमुख राम भण्डारीलाई हस्तान्तरण गरिएको कांग्रेस डोटीका जिल्ला सदस्य जीतबहादुर खड्काले बताए ।  

विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिएको सामग्रीको धनगढीदेखि स्वास्थ्य संस्थासम्म ढुवानी कांग्रेस क्रियाशील सदस्य तथा सामाजिक अगुवा लक्ष्मण खड्काले गरेका हुन् । 

जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयमा दश हजार सर्जिकल मास्क वितरण गरिएको खड्काले बताए । 

खड्काले स्वास्थ्य सामग्री वितरणका क्रममा विपन्न परिवार  तथा कोभिडबाट मृत्यु भएका  तीन जनाको परिवारलाई तीन क्विन्टल चामलसमेत वितरण गरेका हुन् । 

खड्काले विगतमा जिल्ला विभिन्न ठाउँमा ५ लाख बराबर चामल वितरण गरेका थिए ।                

 संस्थाले जिल्लाका वडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकास्थित स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री वितरण गरिएको सामाजिक अगुवा जाग्रिती बोगटीले जानकारी दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ