arrow

३७‌‌‌‍औँ वार्षिकोत्सवको अवसरमा नबिल बैङ्कद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
nabil-oxygn-plants-bir-hospital-csr.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको छ। असार २८ गते सोमवार आफ्नो ३७औँ वार्षिकोत्सवको अवसरमा एक औपचारिक कार्यक्रमबीच उक्त प्लान्ट हस्तान्तरण गरेको हो।

नबिलले उक्त प्लान्ट आफ्नो वार्षिकोत्सवको दिन पारेर वीर अस्पताललाई हस्तान्तरण गर्‍यो। उक्त प्लान्ट स्थापनाका लागि बैङ्क र अस्पतालबीच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो। समझदारी अनुसार नबिल बैङ्कले ५० क्युबिक लिटर-प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको छ।

कोभिडको दोस्रो लहरको अन्त्य सँगै अहिले विश्वको अन्य मुलुकहरूमा तेस्रो लहर फैलिँदै गर्दा, नबिलको यो अक्सिजन प्लान्टले तेस्रो चरणको जोखिमको प्रतिकार्य र बिरामीहरूको जीवन रक्षा हुने अक्सिजन आपूर्ति गरी सहयोग हुने विश्वास बैङ्कले लिएको छ।

नबिल बैङ्क पछिल्लो केही समय देखी मानव कल्याणमा निकै आक्रमण रूपले लागि परेको छ। बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिडको महामारी सुरु भएदेखि नै सरकारलाई सहयोग गर्दै आएको छ। गत वर्ष कोभिडको प्रतिकार्यका लागि बैङ्कले नेपाल सरकारलाई रु. ६ करोड नगद सहयोग गरेको बैङ्कले जनाएको छ।

त्यसै गरी नबिल बैङ्कले सरकारी निकाय तथा मानवीय क्षेत्रमा कार्यरत विभिन्न संस्थासँग समेत साझेदारी गरी विपद्को पूर्व तयारी र क्षमता विकासका लागि काम गर्दै आएको छ। यस अन्तर्गत गत वर्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसङको सहकार्यमा सातै वटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालीन पूर्व तयारी सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ। यो अभिमुखीकरणमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न विभिन्न संस्थाका ३ सय ३० जना स्वास्थ्यकर्मीहरूले सहभागिता जनाएका थिए।

नबिल बैङ्कले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा बहुपक्षीय साझेदारीको आवश्यकतालाई मध्यनजर गरी यसमा निजी क्षेत्र पनि एक महत्त्वपूर्ण हिस्सेदार बन्न सक्छ उदाहरण प्रस्तुत गर्दै सरकारसँग यस किसिमको साझेदारी गर्दै आएको छ। आगामी दिनमा नबिलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकको स्वास्थ्य प्रणाली सुधारका लागि लगानी गर्ने बताएको छ।

हाम्रो जस्तो वहुविपद्को जोखिमयुक्त देशमा निजी क्षेत्रसहित सम्बन्धित पक्षहरूको निरन्तरको क्रियाशीलताले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउँछ भन्नेमा बैङ्कको विश्वास छ। यही विश्वास अन्तर्गत कोभिडको प्रतिकार्यका लागि बैङ्कले यस किसिमका सहयोग गरेको र आगामी दिनमा पनि यस्ता सहयोगलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तरता दिने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ