arrow

बाँकेमा एकैरात दश संक्रमितको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
dead2.jpg

राँझा । बाँकेमा उपचारका लागि भर्ना भएका थप १० कोरोना संक्रमितको गए राति अस्पतालमै मृत्यु भएको छ । मृत्यु हुनेमा नौ बाँकेका र एक जाजरकोटका रहेका छन् । गए रातिदेखि आज बिहान ७ बजेसम्म उपचारका क्रममा अस्पतालमै उनीहरुको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै सात जनाको मृत्यु भएको छ । त्यसमा वडा नं १० एउटै वडा निवासी तीन रहेका छन् । भेरी अस्पतालमा नौ र शिक्षण अस्पताल कोहलपुरमा एक जनाको मृत्यु भएको हो ।
 
भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज–१ निवासी ५८ वर्षीय पुरुषको गए राति १० बजे, वडा नं ४ निवासी ५५ वर्षीय पुरुषको गए राति १२:३० बजे, वडा नं १० निवासी ७८ वर्षीया महिलाको गए राति ७:३० बजे, वडा नं १० निवासी २७ वर्षीय पुरुषको १०:२० बजे, वडा नं १० का ७८ वर्षीय पुरुषको बिहान १:४० बजे, वडा नं १२ निवासी ४५ वर्षीय पुरुषको ६:१५ बजे, वडा नं १९ का ७७ वर्षीय पुरुषको बिहान ४:३० बजे, भेरी नगरपालिका जाजरकोटका ४३ वर्षीया महिलाको राति ९ बजे र नरैनापुर गाउँपालिका–१ निवासी ५६ वर्षीय पुरुषको आज बिहान ७ बजे मृत्यु भएको छ । 

यसैगरी यही वैशाख १४ गते भर्ना भएका कोहलपुर नगरपालिका–५ निवासी ३४ वर्षीय पुरुषको गए राति ९:४० बजे शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिए ।

 यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या बाँकेका १५७ पुगेको छ भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा मृत्य हुनेको सङ्ख्या १२७ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ