arrow

पत्रकारलाई पीसीआर परिक्षण, खोप र स्वास्थ्य सामाग्री उपलब्ध गराउन माग

logo
हाम्रा कुरा
प्रकाशित २०७७ पुष २४ शुक्रबार
FNJ-logo.jpg.jpeg

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले समाचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पीसीआर परीक्षण, कोभिडविरुद्धको खोप र स्वास्थ्य सामाग्री उपलब्ध गराउन माग गरेको छ ।

शाखाको बैठकको निर्णय सार्वजनिक गर्दै शाखाका सचिव महेश्वर गौतमले नयाँ भेरियन्टसहित दोस्रो चरणको सङ्क्रमण दिनानुदिन बढ्दै गएकाले कोरोना महामारी बारेमा सर्वसाधारणलाई सुसूचित गराईरहेका सञ्चार माध्यम र पत्रकारलाई इन्टरनेट, टेलिफोन र विद्युतजस्ता अत्यावश्यक वस्तुमा सहुलीयत दिनसमेत माग गरिएको बताए ।

बैठकले शाखाका सदस्यको यसवर्षको नविकरण शुल्क नलिन केन्द्रीय समितिलाई आग्रह गर्ने, सञ्चार गृहलाई श्रमजिवी पत्रकार तथा सञ्चारकर्मीको सेवा सुविधा नियमित गराउन अनुरोध गर्ने निर्णयसमेत गरेको शाखा सचिव गौतमले जानकारी दिए ।

यस्तै, कोभिड जोखिममा परेका पत्रकारको सहयोग र भैपरी आउने अवस्थाको तयारीका लागि शाखाका अध्यक्ष सूर्य सुवेदीको संयोजकत्वमा सात सदस्यीय ‘टाक्स फोर्स’ समिति गठन गर्ने निर्णय भएको छ ।

त्यस्तै सङ्क्रमणमा परेका शाखा सदस्यको सङ्ख्या, अस्पताल तथा होम आइसोलेसनमा रहेकाको अवस्था पहिचान गरेर पाँच दिनभित्र सुझाव पेश गर्न शाखाका उपाध्यक्ष रामचन्द्र दुलालको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ