arrow

काँग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
nc-party-office.png
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परि पत्रानुसार प्रक्रिया पुर्‍याई विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ।

काँग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका विवरण पार्टीको आधिकारिक वेबसाइट https://www.nepalicongress.org/ मा आज सार्वजनिक गरेको हो।

सुरुआतमा ४५ जिल्लाका ८० प्रतिनिधिसभा निर्वाचन क्षेत्रका केहीको नवीकरण र नयाँ तथा केहीको नवीकरण मात्रको प्रस्तावित नामावली सरोकार पक्षको जानकारीका लागि सार्वजनिक गरिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। काँग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६ गतेको निर्णयअनुसार उक्त विवरण सार्वजनिक गरिएको हो।

सार्वजनिक गरिएका नामावलीमाथि कुनै उजुरी वा गुनासा भएमा info@nepalicongress.org/ ठेगानामार्फत सम्बन्धित पार्टी निकाय वा व्यक्तिले आगामी जेठ ७ गतेभित्र लिखित गुनासो पठाउन सक्ने पार्टीको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सचिव रिजालले बताए।
 
साथै डा प्रदीप पराजुली ९८५१०४४०६५, केशव रिजाल ९८५११२९०७८ र रामचन्द्र घिमिरे ९८५११२४१९८ लाई पनि जानकारी गराउन सकिने पार्टी कार्यालयले जनाएको छ।

सार्वजनिक गरिएका प्रस्तावित नामावलीमाथि परेका उजुरी र गुनासाका सम्बन्धमा समितिले गरेको निर्णयअनुसार प्रस्तावित नामावलीको अन्तिम सूची कायम हुनेछ। कम्प्युटर इन्ट्री भएका बाँकी जिल्ला र क्षेत्रको प्रस्तावित नामावली पनि क्रमशः सार्वजनिक गरिने काँग्रेसले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ