- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतले कोभिसिल्ड खोपका दुई डोजबीचको ग्याप अथवा समयावधि बढाएको छ । यसअघि पहिलो डोज लगाएको ६ देखि ८ हप्तामा दोस्रो डोज लगाउने प्रावधान रहेको थियो ।
डा. एन के अरोराको अध्यक्षतामा रहेको कोभिड वर्किंग ग्रुपले कोभिसिल्ड खोपका दुई डोजबीचको समयावधि १२ देखि १६ हप्ता पुगाएको हो ।
वास्तवीक प्रमाण खासगरी बेलायतबाट उपलब्ध भएको तथ्यांकका आधारमा भारतीय विज्ञहरुले १२ देखि १६ हप्ताको अन्तरमा दोस्रो डोज लगाउने नयाँ प्रावधान तयार पारेका हुन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पनि विज्ञहरुको यो प्रस्तावलाई स्वीकार गर्दै अब कोभिसिल्ड खोपको दोस्रो डोज १२ देखि १६ हप्ताको अन्तरमा दिने निर्णय गरेको छ ।
भारतमा यसअघि ६देखि ८ हप्ताको फरकमा दोस्रो डोज दिने प्रावधान रहे पनि नेपालमा भने करिब १२ हप्ताको फरकमा दोस्रो डोज खोप लगाइएको छ ।