arrow

पार्टी विवाद समाधानका लागि ओली र नेपालबीच सिंहदरबारमा वार्ता शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
oli-nepal singadurbar.jpg
तस्विर सौजन्य : राजन काफ्ले(प्रधानमन्त्रीको निजी सचिवालय)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता शुरु भएको छ । एमाले भित्रको आन्तरिक विवाद समाधानका विषयमा प्रधानमन्त्री ओली र नेपाल बीचको वार्ता प्रधानमन्त्री कार्यालय सिंहदरबारमा केही बेरअघि शुरु भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले यसअघि संसदमा विश्वासको मत गुमाएपछि व्यवसायी रामेश्वर थापाको घरमा नेता नेपालसँग विवाद समाधानबारे पहिलो पटक ‘वान टु वान’ वार्ता गरेका थिए ।

त्यसपछि प्रधानमन्त्रीमा पुर्ननियुक्तिपछि ओली र नेपाल समूहबीच सिंहदरबारमा वार्ता भएको थियो भने यो त्यसयताको तेस्रो भेट हो ।  पछिल्लो समय पार्टी भित्र देखिएको विवाद समाधानको विषयमा प्रधानमन्त्रीसमेत रहेका ओली सकरात्मक देखिएका छन् । यस्तै नेपाल पक्षले पनि वार्तालाई सकरात्मक रुपमा लिंदै अघि बढेको छ ।

वार्तामा नेपाल पक्षले २०७५ जेठ २ अघिकै अवस्थामा पार्टीलाई लैजानु पर्ने शर्त राख्दै आइरहेको छ । नेपाल पक्षको सो प्रस्तावलाई ओलीले सकरात्मक रुपमा दिएका छन् । सो विषयलाई अन्तिम टुंगोमा पुर्याउन कार्यदल बनाउने विषयमा सहमती जुटेको छ भने दुई नेता बीचको वान टु वान वार्तापछि आजै कार्यदल बन्ने सम्भावनासमेत छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ