arrow

श्रेष्ठ र चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
maiyadevi-shrestha-kamal-chitrakar.JPG

काठमाडौं । सामाजिक अभियन्ता एवं महिला नेतृ मैयादेवी श्रेष्ठ र नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका कमल चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान  प्रदान गर्ने निर्णय भएको छ ।   प्रजातान्त्रिक विचार समाजले प्रत्येक वर्ष प्रदान गर्दै आएको २०७७  र २०७८ बाट क्रमशः महिला नेतृ श्रेष्ठ र चित्रकारलाई प्रदान गर्ने निर्णय गरेको हो ।

समाजको तर्फबाट गठित छनोट समितिको सिफारिसको आधारमा यही वैशाख ३० गते जुम प्रविधि मार्फत बसेको समाजको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । उनीहरूले नेपालको प्रजातान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप उक्त सम्मान प्रदान गर्न लागिएको समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले बताए ।  

सम्मानको राशी जनही २५ हजार रुपियाँ र कदर पत्र रहेको छ । सो सम्मानको लागि समाजले दश लाख रुपियाँको अक्षय कोष स्थापना गरेको छ । समाजको स्थापना दिवसका दिन अर्थात् जेठ ३ गतेका दिन प्रदान गर्ने गरेको उक्त सम्मान कार्यक्रम विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण प्रदान गर्न नसकिने भएकाले दुबै सम्मान मुलुकमा  सहज वातावरण बनेपछि विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिनेछ । 

वि सं २०७२ सालदेखि प्रदान गरिँदै आएको लोकतान्त्रिक योद्धा सम्मानबाट यसअघि क्रमशः कुलबहादुर गुरुङ, इन्द्रकान्त मिश्र, चक्रप्रसाद बास्तोला,पुरुषोत्तम बस्नेत र नूतन थपलिया सम्मानित भइसकेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ