arrow

नवलपुरमा निषेधाज्ञा थपियो

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ जेठ ३ सोमबार
nawalpur.jpg

कावासोती । नवलपुरमा गत वैशाख २१ गते देखि लागू भएको निषेधाज्ञालाई निरन्तरता दिइएको छ । 

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला स्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई जेठ १४ गते रातको १२ बजे सम्म निरन्तरता दिइने निर्णय गरेको हो । 

जिल्लामा कोरोनाको दोस्रो लहरको प्रकोप बढे पछि यस अघि वैशाख २१ देखि जेठ ४ सम्म निषेधाज्ञा लगाउने निर्णय गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ