arrow

ललितपुरमा २९ वटा केन्द्रमा भेरोसेलको दोस्रो डोज लगाउन पाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ४ मंगलबार
khoop.jpg

काठमाडौं । काठमाडौं र ललितपुरमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन शुरु गरिएको छ ।

ललितपुर महानगरपालिकाले २९ वटा खोप केन्द्र तोकेको छ। महानगरले सूचना प्रकाशित गरी सबै २९ वटा वडामा खोप केन्द्र राखिएको जनाएको छ।

आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर भेरोसेलको दोस्रो डोज लगाउन आग्रह गरेको छ। ललितपुरमा ६ जेठबाट भेरोसेलको दोस्रो डोज लगाइने भएको छ।

भेरोसेलको दोस्रो डोज लगाउन यसअघि दिइएको कार्ड र आफ्नो परिचय खुल्ने कागजपत्र लिएर आउन ललितपुर महानगरपालिकाले अपील गरेको छ। काठमाडौंमा भने २ जेठबाट दोस्रो डोज लगाउन थालिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ