arrow

एमाले कार्यदलको बैठक : अन्तरविरोध सिर्जना हुने काम नगर्न आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ४ मंगलबार
oli-nepal-singhadurbar-meet.jpg

काठमाडौं । एमालेको विवाद हल गर्न गठित कार्यदलले पार्टी एकता र समझदारीलाई वृद्धि गर्न साथै एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामकुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको कार्यदलको पहिलो बैठकले एकआपसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आव्हान गरेको हो ।

त्यस्तै बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता बनाउने निर्णय पनि गरेको छ । पार्टीभित्र देखिएका समस्यालाई यथोचित रूपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भावका लागि आग्रह पनि गरेको छ ।

१० जना सम्मिलित कार्यदलमा अध्यक्ष केपी शर्मा ओली साथै उनको पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । नेता माधवकुमार नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ