arrow

एकता विरोधी अभिव्यक्ति नदिन एमाले कार्यदलको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ४ मंगलबार
uml-meet-oli-baluwatar.jpg

काठमाडौँ । नेकपा (एमाले)ले आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन  पार्टी पङ्क्तिलाई आव्हान गरेको छ ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको  कार्यदल बैठकले कुनै पनि असमझदारी र असहयोग बढ्ने कार्य नगर्न नेता तथा कार्यकर्तालाई आवह  गरेको हो ।  

एमालेका प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीपकुमार ज्ञवालीले कार्यदलले पार्टीले एकता र समझदारीलाई वृद्धि गर्न  तथा एक आपसमा अविश्वास, असहयोग र अन्तर्विरोध सिर्जना हुने गतिविधि नगर्ने निर्णय गरिएको बताए । 

उनले  पार्टीभित्र देखिएका समस्यालाई यथोचित रूपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन पार्टी पङ्क्तिलाई सहयोग र सद्भाव लागि आवह गर्ने निर्णय समेत गरिएको जानकारी दिए ।  आजको बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयारी गरी लागु गर्ने निर्णय समेत गरेको छ । 

थापा नै आधिकारिक उम्मेदवार
नेता ज्ञवालीले राष्ट्रियसभाको आसन्न उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार  भएका रामबहादुर थापा ‘बादल’ लाई पार्टीले मतदान गर्ने निर्णय समेत गरिएको जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ