arrow

कोरोनाको तेस्रो लहर आउनसक्ने भन्दै देउवाले भने: १२ वर्ष माथिकालाई खोप शुरु गरौं

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ४ मंगलबार
sherbahadur-deuba.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १२ वर्ष माथिकालाई खोप शुरु गर्ने प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले र वालवालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेको भन्दै देउवाले यस्तो माग गरेका हुन् ।

उनले मंगलबार साँझ सामाजिक संजालमार्फत केन्द्र र सातवटै प्रदेशमा वालवालिकाका लागि विषेश वार्ड र आइसीयू लगायतको तयारी गर्न पनि सरकारसँग अनुरोध गरेका छन् ।

देउवाले लेखेका छन्, ‘म सरकारलाई केन्द्र र सातवटै प्रदेशमा बालबालिकाका लागि अस्पतालहरुमा विषेश वार्ड र आइसीयू लगायतको तयारी र १२ वर्षमाथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु।’
 



नयाँ