arrow

क्रिप्टोकरेन्सीमा चीनकाे कडाइ : ६४ हजार डलर मूल्य पुगेको बिटक्वाइन ३९ हजार झर्याे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ६ बिहिबार
bitcoin-price-latest-analysis.jpg

काठमाडौँ । बुधवार बिटक्वैनको मूल्य यो महिनामा तेस्रो पटक घटेसँगै ३४ हजार अमेरिकी डलरमा झरेको छ । गत अप्रिल १४ मा ६४ हजार अमेरिकी डलर मूल्य पुगेको बिटक्वैन आज करिब ३९ हजार अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

बेइजिङले मङ्गलवार बैङ्क एवं वित्तीय संस्थाहरूलाई क्रिप्टाेकरेन्सीकाे काराेबार सम्बन्धित सेवाहरू गर्न रोक लगाएको छ । योसँगै बिटक्वैनको मूल्यमा झनै गिरावट आएको हो ।

यसअघि टेस्ला कम्पनीका सीईओ एलन मस्कले टेस्लाले कार खरिदका लागि बिटक्वैनलाई स्वीकार नगर्ने बताएपछि पनि बिटक्वैनको मूल्य घटेको थियो । बिटक्वैन बाहेकका क्रिप्टो करेन्सी इथेरिय र डोगेकोइनले समेत मूल्य गुमाएको छ ।

यसबाहेक टेस्लाको मूल्य समेत ३ प्रतिशतले खसेको छ । बिटक्वैन स्वीकार नगर्ने कुरापछि टेस्लाको मूल्य घटेको अनुमान गरिएको छ ।

चीनमा सन् २०१९ देखि बिटक्वैनलाई अवैधानिक मानिएको छ । यद्यपि, यसको अनलाइन ट्रेडिङ भने गर्न सकिन्छ । त्यसका लागि मिल्ने सेवामा चीनले राेक लगाएकाे हाे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ