arrow

सात जना मन्त्रीलाई पदमुक्त गर्न दिएको अदालतको आदेशलाई सम्मान गर्छौं : एमाले

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ६ बिहिबार
Amale-isthaicommeet.jpg

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले सात जना मन्त्रीलाई पदमुक्त गर्न दिएको आदेशलाई सम्मान गर्ने निर्णय गरेको छ ।

विहीबार स्थायी कमिटी बैठक चलिरहेका बेला सांसद नै नभएका मन्त्रीहरुको नियुक्ति बदर गर्न सर्वोच्चले दिएको आदेशलाई स्वागत र सम्मान गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले प्रतिक्रिया दिए ।

बैठकपछि ज्ञवालीले भने, ‘हामीहरु सँधै अदालतको फैसलाको स्वागत र सम्मान गर्छौं ।’ बैठकले जनताको उपचारमा कुनै कसर बाँकी नराख्ने निश्कर्ष निकालेको पनि ज्ञवालीले जानकारी दिए ।

बैठकमा विहीबार सम्पन्न बाग्मती प्रदेशका  राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीको निर्देशनको अवज्ञा गर्नेहरुप्रति गम्भीरतापूर्वक लिएको र पार्टीको उम्मेद्वारको विपक्षमा मतदान गर्ने कार्यको भत्र्सना गरेको बताए । सरकारले संसदको नियमित अधिवेशन बोलाउने तयारी गरेको पनि उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ