arrow

पार्टीभित्र कुनै बदलाव आएको छैन, अन्यायविरुद्ध बिद्रोह निश्चित छ: रामकुमारी झाँक्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ६ बिहिबार
ramkumari-jhakri2.jpg

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्रको परिस्थितीमा कुनै बदलाव नआएकाले अन्यायको विरुद्ध बिद्रोह निश्चित भएको बताएकी छन् ।

वाग्मती प्रदेशतर्फको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा एमालेका उम्मेदवार पराजित भएपछि र स्थायी कमिटीको निर्णयलाई इङ्गित गर्दै उनले नेतृत्वमा अहंकार उस्तै रहेको प्रतिक्रिया दिएकी हुन् ।

सामाजिक संजालमा उनले लेखेकी छिन्,‘संसद सदस्यबाट नै राजीनामा गर्न तयार हामीहरूलाई राष्ट्रिय सभामा कसलाई भोट हाल्ने ? यो प्रश्न हाम्रो लागि मामुली प्रश्न हो । तर अहिले पार्टीभित्रै एउटा स्पेसका लागि संघर्षरत अवस्थामा छौं। पार्टी भित्रको परिस्थितिमा कुनै बदलाव आएको छैन। अहंकार उस्तै छ । अन्यायको विरुद्ध बिद्रोह निश्चित छ।’

विहीबार नै बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीको निर्देशनको अवज्ञा गर्नेहरुप्रति गम्भीरतापूर्वक लिएको र पार्टीको उम्मेद्वारको विपक्षमा मतदान गर्ने कार्यको भत्र्सना गरेको थियो । एमालेबाट उम्मेदवार बनेका राम बहादुर थापा बादललाई डा.खिमलाल देवकोटाले हराएपछि पार्टी एकताबारे प्रश्न उब्जिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ