arrow

राष्ट्रपति भण्डारीबाट बैकल्पिक सरकार गठनका लागि आव्हान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ६ बिहिबार
bidyadevi.jpg.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न अव्हान गरेकी छन् ।

उनले सरकार गठन प्रक्रियाका मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्मको समय दिएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि बाटो खोलिदिने बताएपछि राष्ट्रपतिबाट प्रक्रियाका लागि आव्हान भएको हो ।

संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त भएका प्रधानमन्त्री ओलीले उपधारा ४ अनुसार नियुक्त भएको एक महिनामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएपनि उनले सो धारालाई उछिन्दै सिधै धारा ७६ (५) अनुसार अघि बढ्ने बताएका थिए ।

उपधारा ४ अनुसार अघि बढ्दा विश्वासको मत निल नसक्ने अवस्था देखेपछि ओलीले सो धारालाई उछिन्दै उपधारा ५ अनुसार अघि बढ्ने तयारी गरेका हुन् । सोही धारा अन्तर्गत बैकल्पिक सरकारका लागि राष्ट्रपतिबाट आव्हान भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ