arrow

संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र भयो : डा.कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ६ बिहिबार
Shaker_koirala.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्रीले राजीनामा नदिइ वा विश्वासको मत नलिइ संविधानको धारा ७६(५) लागु गर्नु भनेको संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र भएको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न भोलि साँझसम्मको समय दिएपछि डा.कोइरालाले राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानको धज्जी उडाइएको प्रतिक्रिया दिएका हुन् ।

विहीबार राति सामाजिक संजालमा डा.कोइरालाले लेखेका छन्,‘ संविधानको धारा ७६(३)अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नलिई वा राजीनामा नगरी धारा ७६(५)लागु गर्नु र सो अनुरुप राष्ट्रपति अगाडि बढ्नु संविधानको धज्जी उडाउनु मात्र नभई प्रधानमन्त्री र राष्ट्रपतिको संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र हो।’

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न मिति २०७८ जेठ ७ गते साँझ ५ः०० बजे सम्मको समय दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि बाटो खोलिदिने बताएपछि राष्ट्रपतिबाट नयाँ प्रक्रियाका लागि आव्हान भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ