- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा दाबी परेका दुबै उम्मेदवारको दाबीको आधार नपुगेको भन्दै खारेज गर्ने निर्णय गरेकी छन् ।
प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका नेकपा एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीको आधार नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले दुबैको मागदाबी खारेज गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले शुक्रबार मध्यरात जारी गरेको विज्ञप्तिमा उनले दुवैजनाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखिएको भनिएको छ ।
सो धारामा प्रतिनिधि सभामा कायम सदस्य मध्ये बहुमत सदस्य आफ्नो पक्षमा रहेको आधार प्रस्तुत गर्ने सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ ।
प्रधानमन्त्रीमा दाबी गर्दै ओलीले १५३ सांसदको नाम राष्ट्रपति कार्यालयमा बुझाएका थिए भने विपक्षी गठवन्धनबाट शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर बुझाएका थिए ।
तर, दुबैको दाबीमा पठाइएका सदस्यको केही नाम दुबैतर्फ परेको पाइएको राष्टपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।