arrow

एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल पक्षका नेताहरुलाई कारवाहीको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
nekapa-isthai.jpg

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ ४ बजे बस्ने भएकोछ ।

बैठकमा पार्टीभित्र देखिएको पछिल्लो समस्या र समाधानका बारेमा बैठकमा छलफल हुने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन् ।

एमाले नेता माधवकुमार नेपाल पक्षका नेताहरुले विपक्षी गठबन्धनमा लागेको र नेता रामबहादुर थापा बादललाई उपनिर्वाचनमा असहयाग गरेको विषयमा पनि छलफल हुने बताइएको छ ।

बैठकले नेता नेपाल पक्षका नेताबारे आवश्यक छलफल गरी कारवाही प्रक्रिया अगाडि बढाउने विषयमा निर्णय हुनसक्ने अनुमान गरिएको छ । पार्टी एकताका लागि ०७५ जेठ २ को अवस्थामा पार्टीका सबै संरचना मिलाउनका लागि गठित पाँच पाँच सदस्य सम्मिलित कार्यदल विघटन गर्ने तयारी अध्यक्ष केपी शर्मा ओलीको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ