- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै नेकपा एमालेले माधवकुमार नेपाल, भीम रावलसहित ११ जना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
शनिवार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गरेका कारण स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
स्पष्टीकरण सोधिएका नेताहरूमा झलनाथ खनाल, मुकुन्द न्यौपाने, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्का, निराकुमार जैरु लगायतका ११ जना रहेका छन्। सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेतासँग भने स्पष्टीकरण मागिएको छैन।
एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टी नेतृत्वको सरकारविरुद्ध गएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका २६ सांसद मध्ये ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी दिए।
त्यसैगरी, शनिवार नै बागमती प्रदेशका १४ जना सांसदलाई स्पष्टीकरण सोधिएको थियो।