arrow

फुटको संघारमा पुगेको एमालेलाई नेता रिजालको प्रश्न: दुई एमाले चल्लान् र ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
bishnu_risal.jpg

काठमाडौं । एकताको प्रक्रियामा रहेको सत्तारुढ दल नेकपा एमाले फेरि फुटको संघारमा पुगेपछि एमाले नेता विष्णु रिजालले दुई एमाले चल्न नसक्ने बताएका छन् ।

अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक र एकलौटी ढंगले काम गरेको भन्दै असन्तुष्ट माधव नेपाल र झलनाथ खनालले नयाँ पार्टी खोल्ने चर्चा चलिरहेको बेला रिजालको यस्तो भनाइ आएको हो ।

रिजालले सामाजिक संजालमा लेखेका छन्, ‘एमाले संकटको डिलमा पुगेको छ । अरू त हुँदै गर्ला, एउटा कुरा पक्का छ । फुटेर बनेको पार्टी नेपालमा चलेको इतिहास छैन । नबिर्सौं, विगतमा दुई कांग्रेस चलेनन्, दुई एमाले चलेनन्, दुई माओवादी चलेनन्, दुई राप्रपा चलेनन्, दुई मधेसी दल चलेनन्, दुई विवेकशील चलेनन्। फेरि दुई एमाले चल्लान् र ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ