arrow

संक्रमणबाट काँग्रेस नेता ऐरको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
nepali-congress-flag.jpg_1618043342.jpeg

कञ्चनपुर । नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रीय सचिव सुदर्शन ऐरको ५२ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण गए राति निधन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा उनको निधन भएको हो ।

गत वैशाख २८ गते पिसिआरको नतिजा पोजेटिभ आएपछि घरमै आइसोलेसनमा बस्दै आएका ऐरलाई तीन दिनअघि मात्रै स्वास्थ्यमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको थियो । 

शुक्लाफाँटा नगरपालिका–९ सिसैया स्थायी घर भएका ऐर परिवारसहित कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा बसोबास गर्दै आएका थिए ।

युवाबिच ऐर लोकप्रिय नेताका रूपमा स्थापित थिए । ऐरका श्रीमतीसहित एक छोरा र एक छोरी छन् । ऐरको निधन भएपछि सिङ्गो पार्टी जिल्ला समिति शोकमग्न भएको छ । 

नेपाली काँग्रेस शुक्लाफाँटाका नेता तेज शाहले उनको निधनले पुरै पार्टी स्तब्ध भएको बताए ।



नयाँ