arrow

दार्चुलामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
darchula-julush.JPG

दार्चुला ।  संसद विघटनको विरोधमा दार्चुलामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । 

नेपाल विद्यार्थी सङ्घले खलङ्गा बिच बजारमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । उनीहरूले  राष्ट्रपति  र प्रधानमन्त्रीविरुद्ध नाराबाजी समेत गरेका थिए । 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यरात प्रतिनिधिसभा विघटन गर्दै आफूखुसी विभिन्न अध्यादेश ल्याई मुलुकलाई अधोगतिमा धकेल्ने कु चेष्टा गरेको विरोधमा पुत्ला दहन गरिएको नेविसंघका कार्यकर्ताले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ