arrow

पार्टीबाट निष्कासित भएपछि भीम रावलको प्रतिक्रिया: यो केपी गुटको फुटवाद निरन्तरता हो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
bhim_raul.JPG

काठमाडौं । एमाले नेता भीम रावलले पार्टीबाट निस्कासित गरियो भन्नु हास्यास्पद र केपी गुटको फुटवादको निरन्तरता भएको प्रतिक्रिया दिएका छन् ।

सोमबार दिउसो बसेको नेकपा एमाले स्थायी कमिटीको बैठकले थप १२ जना नेतालाई स्पष्टिकरण र ११ जना सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निस्कासन गरेको निर्णयपछि उनले यस्तो प्रतिक्रिया दिएका छन् ।

उनले सोमबार साँझ सामाजिक संजालमार्फत प्रतिक्रिया दिंदै लेखेका छन्, ‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ। यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ