arrow

अग्रपङ्क्तिमा खटिनेलाई २५ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण 

logo
प्रकाश न्यौपाने,
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
sahayog.JPG

नवलपरासी । पश्चिम नवलपरासीमा कोरोनाका विरुद्धमा अग्रपङ्क्तिमा खटिनेलाई २५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । इन्द्रेणी विकास मञ्चका पूर्व अध्यक्ष एव संविधान सभा सदस्य विक्रम खनाल र युनाइटेड मिसन टु नेपाल यूएमएनका टिम लिडर सबु तामाङले संयुक्त रूपमा रामग्राम नगरपालिकाकाका प्रमुख नरेन्द्र गुप्तालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

युनाइटेड मिसन टु नेपाल यूएमएनले पश्चिम नवलपरासीमा इन्द्रेणी सामाजिक विकास मञ्च र सुनवल सामुदायिक केन्द्र मार्फत जिल्ला प्रहरी कार्यालय लाई ७८ हजारको, जिल्ला प्रशासन कार्यालयमा २३ हजार ६ सयको ,जिल्ला स्वास्थ्य कार्यालय ,५ लाख ५६ हजार ,सुनवल नगरपालिकामा रहेको आइसोलेसन सेन्टरमा १ लाख १६ हजारको , पृथ्वीचन्द्र अस्पतालमा ४ लाख २० हजारको , चिसापानी अस्पताल ३ लाख २० हजारको, प्रतापपुर गाउँपालिकालाई ४ लाख २ हजारको र पाल्हीनन्दन गाउँपालिका ३ लाख ५३ हजार, नेपाल पत्रकार महासङ्घ नवलपरासी २० हजार, होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमित व्यक्तिलाई ९२ हजार स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । 

युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा इन्द्रेणी सामाजिक विकास मञ्च र सुनवल सामुदायिक विकास केन्द्रको समन्वयमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको कार्यक्रमका फोकल पर्सन विमल चन्द्र घिमिरेले बताए । तीव्र रूपमा फैलिइरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले थर्मल गन, पिपिई सेट, बेड, पल्स अक्सिमिटर, सेनिटाईजर, मास्क, स्ट्रेचर, क्याप, गमबुट, साबुन, फेस सिल्ड सहितका स्वास्थ्य सामग्री प्रदान गरिएको यूएमएनका नवलपरासी कलस्टरका ट्रेनिङ म्यानेजर बालकृष्ण पाण्डेले बताए ।

कार्यक्रममा इन्द्रेणी विकास मञ्चका सचिव होमराज कुवरको सञ्चालन रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेललगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ