arrow

गणतन्त्र, संविधान र संघीयता रक्षार्थ सबै उभिनुपर्छ : डा.शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
shaker_koirala.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्ला दिनहरूमा राष्ट्रपति र प्रधानमन्त्रीका गतिविधि र क्रियाकलापले गणतन्त्र, संविधान र संघीयता खतरामा परेको बताएका छन् । 

शनिवार चौधौं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता कोइरालाले गणतन्त्र, संविधान र संघीयता रक्षार्थ उभिनका लागि सबैमा आग्रह गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा सबै नेपालीहरुमा शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘पछिल्ला दिनहरुमा राष्ट्रपति र प्रधानमन्त्रीका गतिविधि र क्रियाकलापले गणतन्त्र, संविधान र संघीयता खतरामा परेको छ। यसको रक्षार्थ उभिनका लागि नेपाली जनता, प्रजातान्त्रिक शक्ति, बुद्धिजीवी र नागरिक समाजलाई आग्रह गर्दछु।’

 

 



नयाँ