arrow

अध्यादेशबाट बजेट ल्याउँदै सरकारः मन्त्रिपरिषदबाट पारित, राष्ट्रपति समक्ष सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
budget-2078-79.jpg

काठमाडौं । सरकारले अध्यादेशबाट नै आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ । आज(शनिबार) दिउँसो ४ बजे सरकारले आगामी आर्थिक वर्षका लागि वजेट सार्वजनिक गर्ने भएको हो ।

अध्यादेशबाटै वजेट ल्याउनका लागि शनिबार विहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अध्यादेश जारी गर्न सिफारिस गरेको छ । कानुनमन्त्री लीलानाथ श्रेष्ठले बजेट अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको जानकारी दिए ।

विपक्षी दलहरुले भने संसद विघटन भइसकेको अवस्थामा अध्यादेशबाट बजेट नल्याउन सरकारलाई खबरदारी गर्दै आइरहेका छन् । तर सरकारले विपक्षमा रहेका दलहरुको सुझावलाई बेवास्ता गर्दै अध्यादेशबाट नै वजेट ल्याउने तयारी गरेको हो ।

सरकारले अर्थ मन्त्रालयले तयार पारेको बजेट मन्त्रिपरिषद्वारा पारित गरिसकेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि करिब १६ खर्ब रुपैयाँको बजेट पारित गरेको हो । 

‘विहान बसेको मन्त्रीपरिषद् बैठकले अर्थ मन्त्रालयले तयार गरेको वजेट पारित गरिसकेको छ, करिब १६ खर्ब रुपैयाँको वजेट बनेको छ’ ती मन्त्रीले हाम्राकुरासँग भने । 

संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा सरकारले संसद्मा आगामी आर्थिक वर्षको आयरव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । 

तर संसद भंग भएको र सरकार नै काम चलाउ अवस्थामा रहेकाले वजेटमा नयाँ कार्यक्रम समावेश नगर्न र करका दरहरु पनि परिवर्तन नगर्न भन्दै पूर्व अर्थमन्त्रीहरुले सरकारलाई पूणर् वजेट नल्याउन आग्रह गर्दै आइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ