arrow

ओलीको न्यायालयप्रति ठाडो हमला – डा. डीला संग्रौला 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १८ मंगलबार
dila-sangraula2.jpg

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डीला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयमा हमला गरेको आरोप लगाएकी छिन् । उनले संवैधानिक कार्य गरेको प्रधानमन्त्री ओलीले न्यायालयको ढोका बन्द गरी सम्पूर्ण रुपमा राज्यसत्ता कब्जा गरेको सन्देश दिइरहेको समेत बताएकी छिन् । 

सामाजिक संजालमा डा. संग्रौलाले लेखेकी छिन्, ‘असंवैधानिक कार्य गरेका प्रधानमन्त्री केपी ओलीले न्यायालयको ढोका बन्द गरी सम्पूर्ण रुपमा राज्यसत्ता कब्जा गरेको सन्देश दिइरहेका छन् । स्वतन्त्र न्यायपालिकाको भूमिकालाई कार्यपालिकाको छायाँमा राख्ने उनको कुल्सित उद्देश्यलाई पछिल्ला अभिव्यक्तिले पुष्टि गरेका छन् ।’

उनले अगाडि लेखेकी छिन्, ‘न्याय क्षेत्रमा संलग्न कानून व्यवसायी र पूर्व न्यायाधीशलाई सार्वजनिक रुपमै गालीगलौजमा प्रधानमन्त्री उत्रनु भनेको न्यायालयप्रति ठाडो हमला  नै हो ।’

डा. संग्रौलाले अन्त्यमा लेखेकी छिन्, ‘प्रधानमन्त्री ओलीको संविधान विरोधी कदमलाई  रोक्ने एकमात्र  संवैधानिक उपाय नै सम्मानित सर्वोच्च अदालतको  निर्णय नै हो । सम्पूर्ण नेपाली जनताको ध्यान अब सर्वोच्चतिर । असंवैधानिक कदम सच्च्याउने अपेक्षा ।’



नयाँ