arrow

चौधरी उद्योगको बियर प्लान्टमा लागेको आगो नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १९ बुधबार
chaudhary-beer-factory-fire.jpg

नवलपुर । पूर्वी नवलपरासीको देवचुली-२ केउरानीमा रहेको सिजी इन्ड्रस्ट्रियल पार्क अन्तर्गतको सीजी ब्रुअरी नेपाल प्रा लिमा बुधबार  बिहान ८ बजे देखि अचानक लागेको आगो  नियन्त्रणमा आएको छ ।

चितवनको भरतपुर महानगरका दुई वटा, खैरहनी नगरपालिकाको एक, नेपाली सेनाको एक र कावासोती नगरपालिकाको एक वटा गरी पाँच वटा दमकल, सशस्त्र प्रहरी , नेपाल प्रहरी र कारखानामा काम गर्ने श्रमिकको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको  उद्योग प्रशासनले जनाएको छ ।

उत्पादनको काम चलिरहेको बेला विद्युत् सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको  चौधरी उद्योग ग्रामका प्रशासन प्रमुख दामोदर पौडेलले बताए ।

आगलागी बाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको उद्योग प्रशासनले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ