arrow

विपद्‌मा मलमपट्टी लगाउँदै रेडक्रस सोसाइटी

logo
ईश्वरी प्रसाद देवकोटा, 
प्रकाशित २०७८ जेठ १९ बुधबार
redcross-socity-health-kit.jpg

जुम्ला । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को दोस्रो भेरिएन्टको सङ्क्रमणलाई न्यूनीकरण गर्न चाइना रेडक्रस द्वारा पठाइएको स्वास्थ्य सामाग्री नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखा द्वारा वितरण गरिएको छ। 

जिल्ला शाखा जुम्लाले विगत एक वर्ष देखि कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिका भित्र लक्षित गरी कोभिड पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन गरिरहेको  छ । 

यस कार्यक्रमको मुख्य उद्देश्य जनचेतना अभिवृद्धि गराउने, कोभिड सम्बन्धी सही सूचना प्रवाह गर्ने, वाल संरक्षण सम्बन्धी गतिविधि, कनट्याक्ट ट्रेसिङमा सहयोग  र विद्यालयहरूमा स्वच्छ खानेपानी तथा सरसफाइ रहेको जुम्ला शाखाका मन्त्री इन्द्रराज डाँडीले जानकारी दिएका छन् ।
 
चाइना रेडक्रसले पठाएको छब्बीस हजार थान सर्जिकल मास्क आठ सय पचास थान एन९५ मास्क, र बीस थान पी.पी.ई. सेट जुम्ला शाखाका उपसभापति जगदीश चौलागाइलाई नेपाल रेडक्रस कर्णाली प्रदेश अध्यक्ष भेष बहादुर थापाले हस्तान्तरण गरेका थिए । 

चाइना रेडक्रसले पठाएको स्वास्थ्य सामाग्री केन्द्र, प्रदेश हुँदै जिल्ला शाखामा आइपुगेको हो । उक्त सामग्री नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय सदस्य ललित जङ्ग शाही र कर्णाली प्रदेश अध्यक्ष भेष बहादुर थापाले डिसिएमसी जुम्लाका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थपालाई सर्किजल मास्क दश हजार थान र पी.पी.इ सेट बिस थान हस्तान्तरण गरेका हुन । 

भने बाँकी सामाग्री र विभिन्न स्थानमा सञ्चालन भइरहेका क्वारेनटाइन स्थलमा एक सय परिवारलाई पुग्ने गैर खाद्य सामग्री समेत  नेपाल रेडक्रस सोसाइटी जुम्लाका उपशाखाहरू मार्फत स्थानीय तहहरूलाई हस्तान्तरण गरिने शाखाका मन्त्री डाँगीले जानकारी दिएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ