arrow

पाल्पाका एम्बुलेन्स चालकलाई स्वास्थ्य सामाग्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
ambulance-palpa.jpg

पाल्पा ।  पाल्पामा क्रियाशिल संस्था कालीगण्डकी फाउण्डेशन नेपालले जिल्लाको रामपुर क्षेत्रमा चल्ने एम्बुलेन्सका चालकलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोभिड संक्रमणमा जुध्दै यस्तो अबस्थामा संक्रमित तथा अन्य बिरामीलाई उपचार तथा आइसोलेसन बाट घर लान ल्याउन २४ शै घण्टा खट्ने एम्बुलेन्स चालकको मनोबल उच्च बनाउन सस्थाले स्वास्थ्य सामाग्री दिएको हो ।   
     
रामपुर नगरपालिका र निस्दी गाउँपालिकामा सञ्चालन भएका एम्बुलेन्स चालकहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको सस्थाका अध्यक्ष निलकठ्ठ भण्डारीले बताए।  "कोभिड महामारीमा झन् धेरै सेवा दिदै आएका एम्बुलेन्स चालकको सुरक्षाको लागि पिपिई सेट तथा मास्क दिएका हौ" अध्यक्ष भण्डारीले भने।

 फ्रन्टलाइनमा काम गर्ने र सधै बिरामी र उनका परिवार संग नजिक रहने एम्बुलेन्स चालक आफै सुरक्षित भएनन् भने झन ठूलो समस्या आउन सक्छ यस तर्फ सकारात्मक सन्देश दिदै उनीहरुको खटाई र कामको प्रशंसा स्वरुप सामाग्री दिएको सस्थाले जनाएको छ । 

 फाउण्डेशनले संस्थाको कार्यालय परिसर रामपुर नहरअफिसमा कार्यक्रम गरि जोखिम न्यूनिकरणको लागि रामपुर अस्पतालको २ वटा एम्बुलेन्स, रामपुर टेक्निकल ईन्स्टिच्युट, निस्दी गाउपालिका सहलकोट स्वास्थ्य चौकी र कालीगण्डकी फाउन्डेसन नेपाल आफ्नै सस्थाबाट संचालित १/१ एम्बुलेन्स गरि हाल यस क्षेत्रमा संचालित ५ एम्बुलेन्स चालकहरुलाई मास्क,पन्जा, फेसशिल्ड सहितको ४/४ पिपिई सेट र ५०/५० थान सर्जिकल माक्स प्रदान गरेको हो । 
      
संस्थाले यस अघि जिल्लामा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा पाल्पा अस्पताल, रामपुर अस्पताल, निस्दी, पुर्वखोला, रम्भा, माथागढी गाउपालिका र रामपुर नगरपालिकामा पिपिइ सेट र मास्क हस्तान्तरण गरिसकेको सस्थाका सचिव सीता डोटेलले जानकारी दिइन् ।

 संस्थाका सल्लाहाकार सन्दिप रानाको पहल र भारतका विभिन्न सामाजिक संघ संस्थाहरु संगको समन्वयमा   पाल्पामा ५ सय थान पिपिई सेट र ५ हजार थान मास्क बितरण गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ