arrow

निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष पोखरेलको कोरोनाबाट मृत्यु 

logo
युवराज रेग्मी, 
प्रकाशित २०७८ जेठ २७ बिहिबार
dipendra-pokharel-economy-k.jpg

झापा । कोरोना भाइरसको संक्रमणका कारण  झापाका युवा उद्योगी व्यवसायी  दिपेन्द्र पोखरेलको निधन भएको छ । कोरोना संक्रमणमा परी  काठमाडौंमा उपचाररत ५३ वर्षीय पोखरेलको बुधबार राति निधन भएको हो ।

काठमाडौंको नर्भिक अस्पतालमा राति पोखरेलको निधन भएको उनका भाइ प्रविणले जानकारी दिएका हुन् । पोखरेल करिब एक महिना अघिदेखि नर्भिकमा उपचाररत थिए ।

नेपाल प्लाइउड भेनियर संघ प्रदेश अध्यक्ष पोखरेल निर्माण व्यवसायी संघ झापाका पूर्व अध्यक्ष थिए । उनी व्यवसायसँगै राजनीतिक र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ